बैशाख १४, २०८१, शुक्रबार
               

पोखरा वृद्धाश्रमलाई अक्सिजन हस्तान्तरण

नेपाल फ्ल्यास
भदौ २७, २०७८

ADVERTISEMENT

गण्डकी । रोटरी क्लब अफ पोखराले सीतापाइलास्थित पोखरा वृद्धाश्रमलाई अक्सिजन मेसिन उपलब्ध गराएको छ । अमेरिकामा निर्मित सो मेसिनले प्रतिघण्टा १० लिटर अक्सिजन उत्पादन गर्न सक्ने जनाइएको छ ।

क्लबका अध्यक्ष निर्मल कर्माचार्यले आश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीलाई सो उपकरण हस्तान्तरण गरे ।

कार्यक्रममा अध्यक्ष कर्माचार्यले शिक्षा र स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको रोटरीले यसअघि पोखरा–१७ नगर स्वास्थ्यचौकी, डेभिजफल युवा क्लव, भलाम, निर्मलापोखरी, भरतपोखरीलगायत मुस्ताङमा समेत आवश्यकता अनुसार अक्सिजन सिलिन्डरसमेत वितरण गरेको जानकारी दिए । 

उनका अनुसार क्लवको आठ लाख रुपैयाँ सहयोगमा मुटुरोग उपचारका लागि  पश्चिमाञ्चाल क्षेत्रीय अस्पताल पोखरामा  ‘क्याथ ल्याब’ स्थापना गरी सञ्चालनको तयारी गरिएको छ । 

वृद्धाश्रमका अध्यक्ष पराजुलीले आश्रममा ५५ आश्रित रहेका जानकारी दिँदै उनीहरुलाई कोभिडविरुद्धको खोप लगाएको बताए ।

कार्यक्रममा नेपाली कांग्रेस पोखरा–१७ एकाइ सभापति देवराज आचार्य, पुण्डरी बराल, माधव बराल, सञ्चारकर्मी हरि बास्तोला, समाजसेवी श्यामप्रसाद शर्मालगायतले समाज सेवामा सामूहिक सहकार्य आवश्यक रहेको बताए । 


कस्तो लाग्यो ?

यो पनि