बैशाख २०, २०८१, बिहीबार
               

भारतद्वारा अक्सिजन प्लान्ट हस्तान्तरण

नेपाल फ्ल्यास
भदौ १०, २०७८

ADVERTISEMENT

भारतले कोभिड १९ को महामारीबाट बच्न नेपाललाई मेडिकल अक्सिजन प्लान्ट सहयोग गरेको छ ।

भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई ९६० एलपिएम क्षमताको प्लान्ट हस्तान्तरण गरेका हुन् । 

स्वास्थ्य मन्त्रालयमा आज आयोजित समारोहमा भारत सरकार र भारती जनताका तर्फबाट नेपाल सरकार र नेपाली जनतालाई प्लान्ट हस्तान्तरण गरिएको काठमाडौँस्थित भारतीय दूतावासले जनाएको छ । 

सो मेडिकल अक्सिजन प्लान्ट बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जडान गरिएको छ । प्रतिव्यक्ति ५ एलपीएम (लिटरप्रति मिनेट) क्षमता भएको उक्त अक्सिजन प्लान्टको कूल क्षमता ९६० एलपीएम रहेको छ । प्लान्टले एक साथ २०० जना बिरामीलाई अक्सिजन दिने क्षमता राख्दछ । 

समारोहमा दुई देशबीच गहिरो र बहुआयामिक साझेदारीबारे चर्चा गर्दै राजदूत क्वात्राले उक्त अक्सिजन प्लान्टको हस्तान्तरण कोभिड–१९ महामारीको सामना गर्न भारतले नेपाललाई गर्दै आएको निरन्तर साथ र सहयोगको प्रतीकको रूपमा रहेको बताए ।

राज्यमन्त्री श्रेष्ठले भारतीय सहयोगले नेपाललाई कोभिड–१९ महामारी विरुद्धको लडाइमा थप बल पुग्ने विश्वास व्यक्त गरे । धरानमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माणमा लागि दुई दशकअघि भारत सरकारले गरेको सहयोग कोषेढुङ्गा भएको चर्चा गर्दै उनले आज हस्तान्तरण गरिएको अक्सिजन प्लान्ट स्वास्थ्यको क्षेत्रमा अर्को कोषेढुङ्गा भएको जनाए ।

अक्सिजन कोभिड १९ महामारीमा अक्सिजन अत्यावश्यक छ । अक्सिजन अभावमा गत वर्ष कतिपयले ज्यान गुमाउनु परेको थियो । 

भारतको रक्षा अनुसन्धान एवम् विकास संगठन (डिआरडिओ) ले निर्माण गरेको अक्सिजन प्लान्टको मद्दतबाट कम लागतमा अस्पतालले अब अस्पताल परिसरमै अक्सिजन उत्पादन गर्न सक्नेछ । यो प्रविधि विकास गर्ने भारत संसारकै चौथो मुलुक हो । यसले वायुमण्डलीय हावाबाट सीधै अक्सिजन उत्पादन गर्दछ । 

यो पनि