बैशाख १८, २०८१, मंगलबार
               

काठमाडौंमा भेरोसेलको दोस्रो डोज ११ गतेदेखि दिइने

नेपाल फ्ल्यास
भदौ ०९, २०७८

ADVERTISEMENT

काठमाडौं । काठमाडौंमा कोभिड-१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएका नागरिकले भदौ ११ गतेदेखि दोस्रो डोज पाउने भएका छन् ।

यसअघि स्वास्थ्य कार्यालय काठमाडौंले भदौ ९ गतेदेखि दोस्रो डोज दिने कार्यतालिका बनाएको थियो । तर भदौ ५, ६ र ७ गते लगातार तीन दिन सार्वजनिक विदा पर्न जाँदा कार्यतालिका केही हेरफेर भएको स्वास्थ्य प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिए ।

‘भदौ ४ गतेदेखि पहिलो डोज लगाउन सुरु गरेका थियौं । तर बीचमा लगातार तीन दिन सार्वजनिक विदा पर्‍यो,’ उनले भने, ‘जसले गर्दा आज र भोलि थप दुई दिन पहिलो डोज दिन्छौं ।’

भदौ ११ गतेदेखि तीन दिनसम्म चल्ने खोप अभियानमा २ लाख १६ हजार नागरिकले भेरोसेलको दोस्रो डोज लगाउने उनले बताए ।

खड्काका अनुसार भेरोसेलको दोस्रो डोज खोप लगाउन पहिलो डोज खोप लगाएको कार्ड लिएर जानुपर्ने छ ।


कस्तो लाग्यो ?

यो पनि