बैशाख १८, २०८१, मंगलबार
               

अफगानिस्तानबाट फर्किएकालाई पोलियो खोप लगाइने

नेपाल फ्ल्यास
भदौ ०८, २०७८

ADVERTISEMENT

काठमाडौं । सरकारले अफगानिस्तानबाट फर्किएकालाई पोलियो खोप लगाउने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सोमबार ट्वीट गर्दै अफगानिस्तानमा फैलिएको पोलियो संक्रमणलाई दृष्टिगत गरी सबैलाई खोप दिने निर्णय गरिएको जानकारी दिए । पोलियो खोप नजिकै खोप केन्द्रमा गई लगाउनसमेत अनुरोध गरिएको छ । 

ट्वीटमा मन्त्रीले पोलियो खोप लगाउनसमेत सुरु गरिएको बताएका छन् । अफगानिस्तान तालिवानले कब्जामा लिएपछि त्यहाँ रहेका नेपाली स्वदेश फर्किएका छन् । उनीहरुलाई सरकारले दुई चरणमा स्वदेश ल्याएको हो । 


कस्तो लाग्यो ?

यो पनि