बैशाख २०, २०८१, बिहीबार
               

काठमाडौंमा सोमबार र मंगलबार अस्ट्राजेनिका खोप लगाइने

नेपाल फ्ल्यास
साउन २३, २०७८

ADVERTISEMENT

काठमाडौं । सरकारले काठमाडाैंमा साउन २५ र २६ गते अस्ट्राजेनिका खोप  लगाउने भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले एक सूचना जारी गर्दै कोभिशिल्ड खोपको पहिलो मात्र लगाएकालाई दोस्रो मात्राका रुपमा अस्ट्राजेनिका खोप लगाउन लागेको जनाएको छ । 

खोप लगाउनका लागि यसअघि कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएको कार्ड र विद्युतीय दर्ता गरेको प्रिन्ट लिएर गएकालाई मात्रै खोप लगाइने स्वास्थ्य कार्यलय काठमाडौंले जनाएको छ ।

हाल भेरोसेल खोपको दोस्रो डोज लगाउनका लागि तोकिएका खोप केन्द्रहरुमा नै अस्ट्राजेनिका खोप लगाइने बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि