बैशाख २४, २०८१, सोमबार
               

जापानबाट आज र भोलि गरी आठ लाख डोज खोप नेपाल आउँदै

नेपाल फ्ल्यास
साउन २३, २०७८

ADVERTISEMENT

काठमाडौं । आज जापानबाट आज चार लाख डोज एष्ट्राजेनेका खोप नेपाल आउने भएको छ ।

जापान सरकारले नेपाललाई कोभ्याक्स सुविधामार्फत उपलब्ध गराउने १६ लाख एष्ट्राजेनेका खोपमध्ये चार लाख डोज खोप आज नेपाल आउने भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज चार लाख र भोलि (आइतबार) चार लाख गरी आठ लाख डोज खोप नेपाल आउने जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आज र भोलि दुई चरणमा आठ लाख खोप जापानबाट आइपुग्ने बताए । उनले १६ लाखमध्ये बाँकी रहेको आठ लाख डोज खोप अर्को साता नेपाल आउने बताए ।


कस्तो लाग्यो ?

यो पनि