बैशाख २४, २०८१, सोमबार
               

डा. जागेश्वर गौतमलाई वीर अस्पताबाट हटाइयाे

नेपाल फ्ल्यास
साउन १८, २०७८

ADVERTISEMENT

काठमाडौं । डा. जागेश्वर गौतमलाई वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकृतबाट हटाइएको छ । 

स्वास्थ्य राज्यमन्त्री स्तरिय निर्णयबाट गौतमलाई कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर) को प्रमुख प्रशासकीय अधिकारीबाट हटाएको हो । 

उनी प्रशासकीय अधिकृत नियुक्त भएदेखि नै विवादीत हुँदै आएका थिए । 

अस्पतालमा स्वास्थ्य उपकरण खरिदमा सेटिङ गरेको, कर्मचारीलाई धम्क्याउने गरेको त्यहाँ कार्यरत कर्मचारीले आरोप लगाउँदै आएका छन् । 

मन्त्रीस्तरीय निर्णयका आधारमा गौतमलाई थापाथलीस्थित प्रसुती तथा स्त्री रोग अस्पतालमा सरुवा गरिएको हाे । डा. गौतमको ठाउँमा ट्रमा सेन्टरका डा. रुद्र मरासिनीलाई पठाइएको छ ।

यसैबीच स्वास्थ्य समन्वय शाखामा डा. विवेकलाल कर्णलाई सरुवा गरिएको छ भने उनको ठाउँमा सार्क क्षयरोग केन्द्रकी डा. रीता जोशीलाई पठाइएको छ ।


कस्तो लाग्यो ?

यो पनि