बैशाख २५, २०८१, मंगलबार
               

आन्दोलनरत चिकित्सकद्वारा ७२ घण्टे अल्टिमेटम, बेवास्ता गरे काममा नजाने

नेपाल फ्ल्यास
साउन १६, २०७८

ADVERTISEMENT

धरान । आन्दोलनमा रहेका बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीहरुले मंगलबार साँझसम्म उच्चस्तरीय वार्ता टोली गठन गरेर सरकारले समस्या समाधानको पहल नथाले बुधबारदेखि काममा नजाने घोषणा गरेका छन् । 

प्रतिष्ठानका चिकित्सक, विद्यार्थी, नर्स, कर्मचारीहरूको संयुक्त संघर्ष समितिले शनिबार साँझ जारी गरेको विज्ञप्तिमा आगामी ७२ घण्टाभित्र माग पूरा गर्न सरकारलाई अल्टिमेटम दिएको छ ।

आन्दोलनको ४७ औं दिनसम्म सरकारले आन्दोलनको माग पूरा गर्न र यसका मुद्दा सम्बोधन गर्न चासो नदेखाएको भन्दै संयुक्त संघर्ष समितिले ७२ घण्टे अल्टिमेटम दिएको हो । 

शनिबारदेखि कालोपट्टी बाँधेर काममा जाने, आइतबार डिन अफिसहरूमा तालाबन्दी गर्ने र ७२ घण्टाभित्र उच्चस्तरीय वार्ता टोली गठन गरेर समाधान पहल नथाले स्वास्थ्य सेवामा सहभागी नहुने आन्दोलनकारीले घोषणा गरेका छन् । 

कोभिड उपचार, आकस्मिक उपचार र पूर्वनिर्धारित परीक्षा बाहेकका सबै सेवामा स्वास्थ्यकर्मीको सहभागिता नहुने आन्दोलनकारीको घोषणा छ । 

संयुक्त संघर्ष समितिले प्रधानमन्त्री कार्यालयका सचिव बैकुण्ठ अर्याल नेतृत्वको समितिको प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरेको छ ।

आन्दोलनकारीले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरूको पदमुक्ति, शैक्षिक र स्वास्थ्य संस्थामा दलीय हस्तक्षेप रोक्न समेत माग गर्दै आएका छन् ।

यो पनि