बैशाख १४, २०८१, शुक्रबार
               

‘चम्सुरी’को मिर्गौला प्रत्यारोपण नेपालमै गर्ने तयारी

नेपाल फ्ल्यास
साउन १०, २०७८

ADVERTISEMENT

काठमाडौं । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत हास्य कलाकार पल्पसा डंगोल (चम्सुरी) ले मिर्गौला प्रत्यारोपण गर्न पाउने भएकी छन् । 

उनका भाइ राजु डंगोलका अनुसार परिवार-आफन्तहरु चार/पाँच जना मिर्गौला दिन राजी भइसकेका छन् । उनीहरूको स्वास्थ्य, ब्लड ग्रुपलगायत स्वास्थ्य परीक्षण भइरहेको राजुले बताए ।

सुरुमा मिर्गौला प्रत्यारोपणका लागि उनलाई भारत लाने तयारी गरिएको थियो । नेपालमा मिर्गौला प्रत्यारोपण गर्न हाडनाताभित्रका मानिसले मिर्गौला दिनुपर्ने कानुन छ ।

अहिले नाताभित्रकै मानिसबाट मिर्गौला पाउने भएपछि नेपालमै प्रत्यारोपण गर्न लागिएको डंगोल परिवारले जनाएको छ । 

घरमै बसिरहेको बेला सास फेर्न गाह्रो भएपछि कलाकार डंगोल अस्पताल भर्ना भएकी थिइन् ।

त्यस क्रममा स्वास्थ्य परीक्षण गर्दा उनका दुवै मिर्गौलाले काम गर्न छाडेको पत्ता लागेको हो । उनी १५ वर्षदेखि मिर्गौलाको समस्याबाट पीडित थिइन् ।

यो पनि