बैशाख १५, २०८१, शनिबार
               

वायुसेवा निगमको जहाजले आज चीनबाट ‘भेरोसेल’ खोप ल्याउँदै

नेपाल फ्ल्यास
साउन ०७, २०७८

ADVERTISEMENT

काठमाडौं । आज वायु सेवा निगमको जहाजले चीनबाट ‘भेरोसेल’ खोप ल्याउने भएको छ । नेपालले चीनसँग खरिद गरेको ‘भेरोसेल’ खोप नेपाल वायु सेवा निगमको जहाजले आज ल्याउने भएको हो ।

गएराति चीनतर्फ उडेको उक्त जहाज आज काठमाडौं आइपुग्ने निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले जानकारी दिए ।  भेरोसेल खोप लिएर आएको सोही जहाज फेरि खोप लिन आजै बेइजिङ उड्ने पौडेलको भनाइ छ ।

निगमले खोप ल्याउनका लागि बुधबार, विहिबार र शनिबारका लागि नयाँ तालिका बनाएको छ । यसअघि गत असार २५ गते सरकारले पहिलो पटक आठ लाख ९ हजार ६०० डोज खोप ल्याएको थियो भने आज पनि सोही संख्यामा खोप ल्याउने बताइएको छ । 

सरकारले बाँकी थप तीन मेडिकल कार्गो उडानबाट जम्मा ४० लाख डोज खोप ल्याउने जनाएको छ । नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजले १७ हजार ६०० बक्स खोप एक पटकमा ढुवानी गर्ने छ । जसमा प्रतिवक्स ४६ डोज खोप हुने छ । 


कस्तो लाग्यो ?

यो पनि