बैशाख १४, २०८१, शुक्रबार
               

कानूनविद् दाहालको मुटुको शल्यक्रिया सम्पन्न

नेपाल फ्ल्यास
साउन ०६, २०७८

ADVERTISEMENT

काठमाडौं । संविधानविद् तथा कानूनविद् काशीराज दाहालको मुटुको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । वरिष्ठ चिकित्सक भगवान् कोइराला र उनको समूहले दाहालको मुटुको शल्यक्रिया गरेको हो ।

कानूनविद् दाहालका दाजु डा. रामप्रसाद दाहालका अनुसार उनी अहिले खतरामुक्त अवस्थामा छन् । उनलाई आकस्मिकरूपमा मुटुमा समस्या देखिएपछि आइतबार मनमोहन कार्डियोथोरासिक एण्ड भास्कुलर सेन्टर महाराजगञ्जमा उक्त शल्यक्रिया भएको हो ।

कानूनविद् दाहालका दाजुले भने, ‘ओपन हार्ट सर्जरी गरिएको हो, अहिले सघन उपचारकक्षमा उपचार भइरहेको छ, अहिले खतरामुक्त अवस्थामा हुनुहुन्छ ।’ 


कस्तो लाग्यो ?

यो पनि