बैशाख १४, २०८१, शुक्रबार
               

अब नेपालमै क्यान्सरविरुद्धको औषधि उत्पादन सुरु

नेपाल फ्ल्यास
साउन ०४, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपालमा नै पहिलो पटक क्यान्सरविरुद्धको औषधि उत्पादन सुरु गरिएको छ । टिजिङ्ग फर्मा प्राइभेट लिमिटेडले पहिलो पटक क्यान्सरविरुद्धको औषधि उत्पादन सुरु गरेको हो ।

नेपालमा क्यान्सरको औषधि भारत र तेस्रो मुलुकबाट आउने गर्दथ्यो । शनिबार आयोजित कार्यक्रममा टिजिङका कार्यकारी निर्देशक शैलेश वैद्यले क्यान्सरविरुद्धको औषधिको उत्पादन सुरु गरिएको बताए ।

उनले औषधि व्यवस्था विभागसँग स्वीकृति लिएर औषधि उत्पादन प्रक्रिया सुरु गरिएको र एक महिनाभित्र केही औषधि व्यावसायिक रुपमा बजारमा पुग्ने जानकारी दिए । 

कम्पनीले भारतको हैदरावादमा रहेको एन्टी क्यान्सर औषधि उत्पादक कम्पनीसँग प्रविधि हस्तान्तरण सम्झौता गरी नेपालमा क्यान्सरविरुद्धको औषधि उत्पादन सुरु गरेको हो ।

काभ्रेपलाञ्चोकको बनेपामा १६ रोपनी जग्गामा कम्पनी स्थापना गरी करीब ३२ करोड रुपैयाँ लगानीमा औषधि उत्पादन सुरु गरिएको हो । उनले तत्काल क्यान्सरसम्बन्धी पाँच औषधि उत्पादन गर्ने र पछि अरू ल्याउने योजना रहेको समेत बताए । 

कार्यकारी निर्देशक वैद्यले अत्याधुनिक प्रविधिमा बनाइएको उद्योग विश्वस्वास्थ्य सङ्गठनको  जिएमपी स्ट्यान्डर्ड र औषधि उत्पादन संहिता–२०७३ अनुरुप बनाइएको  नेपालकै नमूना कम्पनी भएको जिकिर गरे ।

‘क्यान्सरको औषधिले गर्दा हुने टक्सिसिटीका कारण यो औषधि उत्पादन गर्ने ठाउँमा अन्य औषधि उत्पादन गर्न मिल्दैन, अर्को कुरा हाम्रो कम्पनीमा नवीनतम् र अत्याधुनिक प्रविधि जडान भएका छन्’, उनले भने ।

उनले आफ्नो कम्पनीले उत्पादन गर्ने औषधिको मूल्य विदेशबाट आउने औषधिको तुलनामा सस्तो हुने बताए । सो अवसरमा टिजिङ कम्पनीले ‘एन्टी क्यान्सर’ सम्बन्धी औषधिको समेत अनावरण गरेको छ । 

यो पनि