बैशाख २३, २०८१, आइतबार
               

भारतले गर्‍यो १५० आइसियु बेड हस्तान्तरण

नेपाल फ्ल्यास
साउन ०३, २०७८

ADVERTISEMENT

कोरोना भाइरसको संक्रमणले देशैभर आइसियु बेड अभाव झेलेको नेपाललाई भारत सरकारले १५० वटा आइसियु बेड सहयोग गरेको छ ।

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले आज मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई सहयोग सामग्री हस्तान्तरण गरेका हुन् ।

स्वास्थ्य मन्त्रालयले गरेको एक समारोहमा मन्त्री कार्कीले स्वास्थ्य सामग्री तथा उपकरण बुझ्दै भारत सरकारलाई सहयोगका लागि धन्यवाद दिएका थिए । 

आफैँमा कोभिड महामारीको सामना गरिरहेको भारतले यसअघि पनि स्वास्थ्य सामग्री तथा उपकरणहरू उपलब्ध गराउँदै आएको थियो । 

गएको जेठ २८ मा भारतीय सेनाले नेपाली सेनालाई सहयोग सामग्री दिएको थियो । भारतीय सेनाले पठाएको २८ करोड ८० लाख रुपैयाँ बराबरको स्वास्थ्य उपहरण तथा सामग्री भद्रकालीस्थित सैनिक मुख्यालयमा एक सानो समारोहका बीच राजदूत क्वात्राले प्रधानसेनापति पूर्णचन्द्र थापालाई सहयोग हस्तान्तरण गरेका थिए ।

भारतले त्यतिबेला भेन्टिलेटर, एम्बुलेन्स, आइसियु बेड, पिपिई किट्स, पीसीआर परीक्षण किट्सलगायतका मेडिकल उपकरण दिएको थियो । 


कस्तो लाग्यो ?

यो पनि