बैशाख २३, २०८१, आइतबार
               

यौन र प्रजनन् क्षमता बढाउन खानुस् यस्ता फलफूल

एजेन्सी
साउन ०२, २०७८

ADVERTISEMENT

खरबुजा :  यौन तथा प्रजनन् क्षमता बढाउने फलको सूचीमा सबैभन्दा पहिलो नाम खरबुजाको आउँछ । खरबुजालाई प्राकृतिक भियाग्रा पनि भनिन्छ । यसमा अत्यधिक एन्टिअक्सिडेन्ट र अमिनो एसिड हुन्छन् जसले रक्तसञ्चारलाई सुधार्ने काम गर्छ । खरबुजामा पाइने सिट्रलिनले रक्त वाहिकालाई स्वस्थ राख्छ जसका कारण इरेक्टाइल डिसफंक्सनको समस्या कम हुन्छ । सिट्रूलीनमा इरेक्टाइल डिसफंक्सनलाई सुधार्ने क्षमता हुन्छ ।

कागती : कागतीमा अत्यधिक भिटामिन सी पाइन्छ । यसले मुड राम्रो गरेर सेक्स ड्राइभ बढाउँछ । कागतीमा पाइने तत्त्वले उच्च रक्तचाप कम गर्छ । इरेक्टाइल डिसफंक्सनको समस्या साधारणतया उच्च रक्तचापसँग नै सम्बन्धित हुन्छ । यसरी कागती अप्रत्यक्ष रूपमा इरेक्टाइल डिसफंक्सनलाई सुधार्ने गर्छ ।

उच्च रक्तचापबाहेक इरेक्टाइल डिसफंक्सन बढ्नुको कारण कोलेस्ट्रोल र मधुमेह पनि हुने गर्छ । हरेक दिन कागतीको सेवनले यी दुई चिजलाई नियन्त्रण गरेर सेक्स ड्राइभ निकै सजिलै बढाउन सकिन्छ ।

अनार : अनार धेरैलाई मनपर्ने फल हो । यो फल हरेक प्रकारको पोषक तत्त्वले भरिपूर्ण हुन्छ । हुन त अनार हिमोग्लोबिन बढाउन र रक्त सञ्चारलाई सुधार्नका लागि पनि परिचित छ तर शोधका अनुसार यो इरेक्टाइल डिसफंक्सनको उपचारमा पनि फाइदाजनक छ । शोधमा एक गिलास अनारको जून पिउने पुरुषले सेक्स ड्राइभको मामिलामा उत्कृष्ट अनुभव गरे । यसमा पाइने एन्टिअक्सिडेन्ट पुरुषका लागि फाइदाजनक छ ।

भोगटे : सिट्रस फलमा भोगटे सबैभन्दा बढी फाइदाजनक छ । यसमा पाइने विभिन्न तत्त्वले औषधिको काम गर्छ । भियाग्रामा पाइने सिल्डेनाफिल इनग्रेडियन्ट पुरुषको शरीरमा निकै सजिलै अवशोषित हुँदैन । तर यदि योसँग भोगटे पनि खाइन्छ भने यसको उत्कृष्ट परिणाम पाइन्छ । भोगटे खाँदा सिल्डेनाफिल जिकै सजिलै रगतमा मिल्ने गर्छ ।

किवी : किवीमा सुन्तलाभन्दा बढी भिटामिन सी हुन्छ । यसबाहेक यसमा भिटामिन इ र सेरोटोनिन पनि भरपुर मात्रामा पाइन्छ । एक शोधका अनुसार किवी इरेक्टाइल डिस्फंक्सनको उपचारमा प्रयोग हुने टाडालाफिलले औषधिको नकारात्मक प्रभावलाई कम गर्छ । किवी प्रतिरोधी क्षमता बढाउन पनि निकै फाइदाजनक छ ।

केरा : केरा एउटा यस्तो फल हो जुन निकै सजिलै उपलब्ध हुन्छ । भिटामिन बीले भरपुर यो फलले स्ट्यामिना बढाउने काम गर्छ । केरा खाँदा यौन क्षमता उत्कृष्ट हुनुका साथै यसले तनाव पनि कम गर्छ । केरामा पाइने पोटासियमले सेक्स हर्मोन बढाउने काम गर्छ ।

स्याउ : एक शोधका अनुसार स्याउ यौन इच्छा बढाउनमा पनि निकै फाइदाजनक छ । यसमा पाइने पोलिफेनल्स र एन्टीअक्सिडेन्ट्सले रक्तसञ्चारलाई बढाउँछ जसका कारण यौन क्षमता उत्कृष्ट हुन्छ । स्याउले शरीरमा फिटेस्ट्रोजेन सेक्स हर्मोनलाई बढाउने काम गर्छ ।

के नखाने ?

त्यस्ता केही खानेकुरा छन् जसले यौन क्षमता बिगार्ने काम पनि गर्छ ।  अत्यधिक फ्राइड खाना, अत्यधिक बोसो भएका खानेकुरा र प्रोसेस्ड फुडले यौन क्षमता बिगार्छन् । 


कस्तो लाग्यो ?

यो पनि