बैशाख २४, २०८१, सोमबार
               

कोरोना अझै घातक भएर फैलिन्छ : डब्लुएचओ

एजेन्सी
साउन ०१, २०७८

ADVERTISEMENT

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस एड्हानोम घेब्रेयससले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण अझै घातक भएर फैलिने चेतावनी दिएका छन् । 

डब्लुएचओको आपत्कालीन समितिको बैठकमा कोरोना भाइरसको नयाँ भेरियन्ट घातक हुने उनले बताएका हुन् । नयाँ भेरियन्टले कोरोना महामारी नियन्त्रण र रोकथाममा थप चुनौति थपिएको उनले बताए । 

कोभिड-१९ महामारी समाप्त हुँदैछ भनेर गलत धारणा फैलाइरहेको भन्दै इमर्जेन्सी कमिटीले चिन्ता व्यक्त गरेको छ । डेल्टा भेरियन्ट फैलिरहेको बेला सामाजिक गतिविधि बढेसँगै जनस्वास्थ्यका मापदण्ड पालना नभइरहेकोप्रति उनले चिन्ता व्यक्त गरे ।

महानिर्देशक डा. घेब्रेयससका अनुसार, डेल्टा भेरियन्ट १११ भन्दा बढी राष्ट्रमा पुगिसकेकाले विश्वका लागि चुनौति थपिएको छ ।


कस्तो लाग्यो ?

यो पनि