बैशाख २१, २०८१, शुक्रबार
               

स्वास्थ्यकर्मीले फिर्ता गरे तलबभत्ता

नेपाल फ्ल्यास
साउन ०१, २०७८

ADVERTISEMENT

जाजरकोट । कोरोनाको समयमा अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मीले प्राप्त गरेको तलबभत्ता फिर्ता गरेका छन् । स्वास्थ्य सेवा कार्यालयले झण्डै ४० लाख रुपैयाँ उपलब्ध गराउनका लागि प्रदेश सरकारसँग माग गरेको थियो ।

प्रदेश सरकारले माग गरिएको रकमभन्दा झण्डै आधा बजेट स्वास्थ्य सेवा कार्यालयमा पठाएको थियो । २३ लाख प्रदेशबाट प्राप्त रकमलाई दामासाही तलबभत्ता उपलब्ध गराएपछि केही स्वास्थ्यकर्मीले तहगतरूपमा सो भत्ता पाउनुपर्ने भन्दै उपलब्ध गराएको तलबभत्ता फिर्ता गरेको स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख टीकाराम जैशीले बताए ।

तलब, भत्ता वितरण गर्दा न्याय समानताभन्दा पनि सबैको चित बुझाउने खालको भएका कारण आफूहरुले सो रकम फिर्ता गरेको एक स्वास्थ्यकर्मीले बताए ।

लामो समयदेखि तलबभत्ता नपाएका स्वास्थ्यकर्मीले धेरै संघर्षपछि पाएको रकमसमेत असमानता भएको भन्दै आक्रोश पोखेका हुन् । त्यस्तै स्वास्थ्य सेवा कार्यालयका कर्मचारीबीचमा द्वन्द्वका कारण काम गर्न मुस्किल भएको कर्मचारी बताउँछन् । 

यो पनि