बैशाख २१, २०८१, शुक्रबार
               

कसले नलगाउने कोरोनाविरुद्धको खोप ?

नेपाल फ्ल्यास
असार ३०, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपालमा अहिले खोप कार्यक्रम चलिरहेको छ । काेभ्याक्स सुविधाअनुसार अमेरिकाले उपलब्ध गराएको जोन्सन एन्ड जोन्सन कम्पनीको खोप ५० देखि ५४ वर्ष उमेर समूहका नागरिकहरुले लगाइरहेका छन् । यो खोप एकै डोज लगाए पुग्छ ।

यसअघि विभिन्‍न उमेर समूहका व्यक्तिहरुलाई कोविशिल्ड र भेरोसिल खोप लगाइएको थियो, यी खोपहरु भने निश्चित अन्तरमा दुई डोज लगाउनुपर्छ । 

कोरोनाबाट बच्‍नका लागि खोप लगाउनुपर्ने भएपनि सबैले खोप लगाउन मिल्दैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार, यस्तो अवस्थाका व्यक्तिहरुले कोरोना खोप लगाउन मिल्दैन । 

- १८ वर्षभन्दा कम उमेरका व्यक्ति

- खोपको पहिलो मात्रा लगाएपछि एनाफाइलेक्सिस् प्रतिक्रिया (गम्भीर एलर्जी) भएको व्यक्ति

 - यो खोपको कुनै तत्वबाट गम्भीर प्रकारको प्रतिक्रिया वा एनाफाइलेक्सिस् भएको व्यक्ति

- पहिला अन्य कुनै खोप, सुई, औषधि वा खानेकुराबाट गम्भीर प्रकारको प्रतिक्रिया भएको व्यक्ति
- हाल गम्भीर बिरामी भएको वा उच्च ज्वरो आएको व्यक्तिले निको नहुन्जेल

- कोभिड-१९ को लागि मोनोक्लोनल एन्टीबडी वा कन्भाल्सेन्ट प्लाज्मा थेरापी उपचार विधि अपनाएका व्यक्तिले ९० दिन पछि खोप लगाउन मिल्छ

- कोरोना संक्रमितले संक्रमणमुक्त भएको ३० दिनपछि खोप लगाउन मिल्छ ।

यी बाहेक बाँकी सबै व्यक्तिले आफ्नो पालो आउँदा खोप लगाउनुअघि आफ्नो रोग, आफूले सेवन गरिरहेका औषधिको बारेमा स्वास्थ्यकर्मीलाई जानकारी गराउनुपर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि