बैशाख २१, २०८१, शुक्रबार
               

मुटु रोगबाट कसरी जोगिने ?

नेपाल फ्ल्यास
असार २६, २०७८

ADVERTISEMENT

आम मानिसहरु प्राय: मुटुरोगको समस्याले पीडित छन् । खासगरी, खानपान र शारीरिक अभ्यासमा ध्यान नदिँदा सबैले थुप्रै समस्या भोग्नुपरेको छ ।

खानपान बढी गर्ने तर शारीरिक व्यायाममा ध्यान नदिने कारणले गर्दा मुटुमा समस्या हुन्छ । मोटोपना धेरै भएकाहरु, धुम्रपान र मद्यपान धेरै गर्नेहरुलाई यो समस्या हुन्छ। थोरै मद्यपान गर्नेहरुलाई यो समस्या हुँदैन तर अत्याधिक मात्रामा मद्यपान गर्नेहरुलाई यो समस्या हुनसक्छ ।

सुगर र प्रेसर नियन्त्रण नगर्नेहरुलाई पनि यो समस्याले सताउँछ। यसको औषधि नियमित नखाने र यसलाई नियन्त्रणमा पनि नराखे मुटुको नली बन्द हुन्छ। जसले गर्दा हृदयघात हुनसक्छ। शरीरमा कोलस्टोरको नियन्त्रण भएन भने पनि यसले समस्या निम्त्याउँन सक्छ।

मुटुरोगबाट जोगिनका लागि कम उमेरदेखि नै ध्यान पुर्‍याउनुपर्छ ।

 

धुम्रपान वा सुर्ति  -  मुटुसम्बन्धी रोग लाग्ने प्रमुख कारण धुम्रपान वा सुर्ति सेवन हो । यसलाई पूर्णरुपमा बन्द गर्नुहोस् ।

तौल बढ्न नदिनु -  शारीरिक रुपले आफूलाई सधै‌ सक्रिय राख्नुपर्छ । तौल बढ्न नदिनु पनि मुटुरोगबाट जोगिन उत्तिकै महत्वपूर्ण छ ।

पानी, फलफूल र हरियो सागसब्जी - खानामा फलफूल र हरियो सागसब्जीको मात्रा बढाउनुहोस् । साथै,  सफ्ट डि्रङ्क्स, प्याकेटका जुस आदिको सेवन नगर्नुहोस् । पानी नियमित पिउनुहोस् । मुटुलाई सधैं स्वस्थ राख्न  सातामा एक पटकभन्दा बढि फास्टफुड वा प्रशोधित खानेकुराहरुको सेवन नगर्नुहोस् ।

बदाम - दैनिक एकमुठ्ठी बदामको सेवन गर्नाले पनि मुटु स्वस्थ हुन्छ । बदामले मुटुलाई स्वस्थ बनाउन आवश्यक मिनरल्स र फ्याटी एसिड प्रदान गर्छ ।

योगा, एक्सरसाइज -  मुटुलाई सधैं स्वस्थ राख्न योगा, एक्सरसाइज गर्नुहोस् । जसले मुटुलाई सधैं जवान राख्नको लागि सहयोग गर्छ ।


कस्तो लाग्यो ?

यो पनि