बैशाख २१, २०८१, शुक्रबार
               

दुवै डोज खोप लगाएकाले पनि तेस्रो खोप लगाउनु पर्छ : फाइजर

नेपाल फ्ल्यास
असार २५, २०७८

ADVERTISEMENT

काठमाडाैं । अमेरिकी खोप निर्माता कम्पनी फाइजरले आफूले बनाएको कोरोना भाइरस विरूद्धको तेस्रो खोपका लागि अनुमति माग्ने भएको छ ।  कोरोनाविरुद्धको पहिलो र दोस्रो खोप लगाएकाहरुले  बुस्टर डोज अर्थात तेस्रो डोज लगाउनु पर्ने फाइजरको भनाइ छ ।

तेस्रो खोपका लागि फाइजरले अर्को महिना अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन एफडीएमा निवेदन दिने भएको छ । तेस्रो डोज नलगाए फाइजरका दुवै डोज लगाएकाहरूमा ६ महिनापछि फेरि सङ्क्रमण हुन सक्ने सम्भावना रहेको जनाएको छ ।

कोरोनाको डेल्टा भेरियन्टको नियन्त्रणका लागि पनि बुस्टर डोज लगाउनु पर्ने फाइजरको भनाइ छ । तर, विज्ञले भने बुस्टर डोजको आवश्यकतामाथि प्रश्न उठाएका छन् ।


कस्तो लाग्यो ?

यो पनि