मंसिर ०६, २०८१, बिहीबार
               

चिकित्सा शिक्षा अध्ययनको लागि सिट संख्या तोकियो

नेपाल फ्ल्यास
असार ०१, २०७८

ADVERTISEMENT

काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक वर्ष २०७७/०७८ का लागि चिकित्सा शिक्षा अन्तगर्तका विभिन्न विधाहरुमा अध्ययनका लागि सीट संख्या निर्धारण गरेको छ ।

आयोगले कार्यकारी समितिको जेठ १९ र ३१ गतेको निर्णयअनुसार देशभरका मेडिकल कलेजलाई विद्यार्थी सीट संख्या निर्धारण गरेको हो । आयोगले चिकित्सा शिक्षा सम्बन्धि पढाइहुने ७६ कलेजका लागि विभिन्न बिधामा ७ हजार ९३१ सीट संख्या तोकेको छ ।

आयोगले सबैभन्दा धेरै एमबीबीएस अध्ययनको लागि सीट संख्या तोकेको छ भने कमबी फरफ्युजन टेक्नोलोजी अध्ययनको लागि ५ सीट संख्या तोकेको छ ।

आयोगले एमबीबीएस अध्ययनको लागि बिराट मेडिकल कलेज, नोवेल मेडिकल कलेज, जानकी मेडिकल कललेज लगायत २० वटा मेडिकल कलेजका लागि १ हजार ८३५ सीट संख्या तोकेको छ ।

एमबीबीएस अध्यापनको कोटा पाएकामध्ये अधिकांश मेडिकल कलेजहरुले १०० वटा संख्या नै प्राप्त गरेका छन् भने पाटन एकेडेमी अफ हेल्थ साइन्सले ६५ र जानकी मेडिकल कलेजले ५० सीट मात्र प्राप्त गरेका छन् । चिकित्सा शिक्षा ऐनअनुसार एक शैक्षिक वर्षमा बढीमा १०० सीट पाउने व्यवस्था छ ।

त्यस्तै बीएसी नर्सिङ तर्फ ११०० सय, बीएसी एमएलटी तर्फ ४२५, बीएसी एमआइटी तर्फ ७१, बीएसी मेडिकल माइक्रोबायोलोजी तर्फ २०, बीएसी मेडिकल बायोकेमेस्ट्रीलाई २०, बीपीटीतर्फ १५०, बीफार्मा ९०२, बीपीएच १४२०, बिओप्टोमेट्री ६७, बीएनएस (एम्आईडी) ७०, बीएनएस ११९५, बीडीएस ५६५, बीएएसएलपी ६, बीएएमएस ८० सीट निर्धारण गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि