जेठ ०८, २०८१, मंगलबार
               

कोभिड–१९ युनिफाइड केन्द्रीय वीर अस्पतालको प्रमुख अधिकारीमा डा. जागेश्वर गौतम

नेपाल फ्ल्यास
जेठ ११, २०७८

ADVERTISEMENT

काठमाडौं । कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को प्रमुख प्रशासकीय अधिकारीमा डा जागेश्वर गौतम नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालका प्रवक्ता डा. गौतमलाई मन्त्रालयले प्रमुख प्रशासकीय अधिकारीमा तोकेको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।

यही जेठ ६ गते कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश–२०७८ मार्फत सरकारले वीर अस्पताललाई युनिफाइड केन्द्रीय अस्पतालको रुपमा सञ्चालन गर्ने भएको थियो ।

कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालले संक्रमितको उपचार व्यवस्थापन अक्सिजन आइसोलेशन, हाई डिपेन्डेसी युनिट (एचडियु), सघन उपचार कक्ष, टेलिमेडिसिन कल सेन्टर, होम आइसोलेसन फलोअप, एम्बुलेन्स र आकस्मिक सेवासमेत सञ्चालन गर्ने छ । 

युनिफाइड अस्पतालले शय्या खाली भएका स्वास्थ्य संस्थामा संक्रमितको भर्नाका लागि आवश्यक समन्वय गर्ने छ । केन्द्रीय अस्पतालले प्रदेश सरकारसंँग समन्वय गरी प्रदेशस्थित संघ वा प्रादेशिक अस्पताललाई कोभिड–१९ युनिफाइड प्रादेशिक अस्पतालका रुपमा तोक्ने सक्ने व्यवस्था गरिएको छ । 


कस्तो लाग्यो ?

यो पनि