जेठ ०४, २०८१, शुक्रबार
               

स्वास्थ्य सामग्री महङ्गोमा बिक्री गर्ने मेडिकल सिल

नेपाल फ्ल्यास
जेठ ०८, २०७८

ADVERTISEMENT

बागमती । बागमती प्रदेशको राजधानी हेटौँडामा बजारमा मूल्यभन्दा दोब्बरमा स्वास्थ्य सामग्री बेचेको आरोपमा एक मेडिकल सिल गरिएको छ ।

शुक्रबार जिल्ला प्रशसन कार्यलय मकवानपुरले गरेको अनुगमनमा मेडिकलले अक्सिमिटर बजार मुल्य भन्दा  निकै महङ्गोमा बिक्री गरेको जनाउदै राप्तीरोडमा रहेको ‘सान्वी मेडिको’ मेडिकल सिल गरेको हो ।

साथै मेडिकलका स्वास्थ्यकर्मी हेटौंडा–७ की २५ वर्षीया नीशा आचार्य र हेटौँडा–९ की १८ वर्षीया मनिता मल्ललाई नियन्त्रणमा लिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा सहित उपभोक्ता हित तथा संरक्षण मञ्च सहितको टोलीले अनुगमन गरेको थियो ।

सिल गरिएको मेडिकललाई कालोबजारी अन्तर्गतको मुद्दा चलाइने जनाइएको छ । उनीहरुलाई सोधपुछको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर लगिएको छ । 

२८ वटा सवारी साधन नियन्त्रणमा

निषेधाज्ञाको अवधिमा पनि सवारी साधन चलाएको जनाउदै वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट सोमवार २८ वटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ ।

निषेधाज्ञालाई कार्यान्वयन गराउने क्रममा मकवानपुर प्रहरीले ति सवारी साधन नियन्त्रणमा लिएको हो । मकवानपुरमा कोरोना संक्रमण नियन्त्रण तथा व्यवस्थापनको लागि गत वैशाख २० गतेदेखी लागू गरिएको निषेधाज्ञा हालसम्म जारी छ । 


कस्तो लाग्यो ?

यो पनि