जेठ ०८, २०८१, मंगलबार
               

खोपका लागि पहल भइरहेको छ : मन्त्री राई

नेपाल फ्ल्यास
जेठ ०७, २०७८

ADVERTISEMENT

विराटनगर । प्रदेश १ को सामाजिक विकासमन्त्री उषाकला राईले कोरोना विरुद्धको खोप ल्याउनका लागि पहल भइरहेको बताएकी छन् । उनले प्रदेशमा चाँडोभन्दा चाँडो खोप ल्याउने उनले प्रतिबद्धता व्यक्त गरिन् ।

प्याब्सन, हिसान र नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका प्रतिनिधिसँग बिहीबार भएको छलफलका क्रममा मन्त्री राईले कोरोना संक्रमणसँग जुध्दै वैकल्पिक विधिबाट शैक्षिक गतिविधि सञ्चालन गर्नुपर्ने बताइन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) का केन्द्रीय अध्यक्ष टीकाराम पुरीले प्रदेश सरकारले शिक्षकका लागि खोपको व्यवस्था गर्न माग गरे । वैकल्पिक विधिबाट शिक्षालाई अगाडि बढाउने भन्दै उनले भने, ‘सधैँ विद्यालय बन्द गरेर राख्ने अवस्था हुँदैन ।’

हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल र मोरङ अध्यक्ष राजेश कार्कीले प्रदेश सरकारले स्वास्थ्यमा केन्द्रित गरेर कार्यक्रम अघि बढाउन आवश्यक रहेकामा जोड दिए । उनिहरूले खोपलाई प्राथमिकता दिन आग्रह गरे ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन केन्द्रीय सदस्य तथा सत्यनारायण माविका प्रधानाध्यापक धर्मानन्द खरेलले प्रदेश सरकारले गत आर्थिक वर्षमा सञ्चालन गरेका राम्रा कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे । पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेकाले उनले भौतिक पूर्वाधारमा पनि प्रदेश सरकारले ध्यान दिनुपर्ने आवश्यकता औँल्याए । 

यो पनि