बैशाख १७, २०८१, सोमबार
               

नेपाल कोरिया मैत्री अस्पतालबाट अक्सिजन उत्पादन सुरु

नेपाल फ्ल्यास
जेठ ०१, २०७८

ADVERTISEMENT

मध्यपुरथिमि । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले शुक्रबारदेखि अक्सिजन उत्पादन सुरु गरेको छ ।

नगरपालिकाको ६५ लाख रुपैयाँको लगानीमा चीनबाट ल्याइएको प्लान्ट जडान गरी अक्सिजन उत्पादन सुरु गरिएको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।

दैनिक ३० देखि ३२ सिलिण्डर अक्सिजन उत्पादन गर्ने प्लान्टले अब अस्पतालका सघन उपचार कक्ष, हाइकेयर युनिट र भेन्टिलेटरमा भर्ना भएका कोरोनाका २४ जना बिरामीलाई पाइपमार्फत अक्सिजन पुर्याउने जनाइएको छ ।

अहिले दैनिक ९० सिलिण्डर अक्सिजन खपत भइरहेकामा अब ३० सिलिण्डर अक्सिजन मात्रै बाहिरबाट ल्याए पुग्ने भएको छ ।


कस्तो लाग्यो ?

यो पनि