जेठ ०६, २०८१, आइतबार
               

खोप प्राप्त गर्न कूटनीतिक प्रयास भइरहेको छ : स्वास्थ्य मन्त्रालय

नेपाल फ्ल्यास
बैशाख २५, २०७८

ADVERTISEMENT

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाको खोप प्राप्त गर्नका लागि कूटनीतिक प्रयास भइरहेको जनाएको छ ।  मन्त्रालयले सरकारले खरीद गरेको खोप आउने क्रममा रहेको जनाउँदै कूटनीतिक र अन्य माध्यमबाट समेत खोप ल्याउने प्रयास भइरहेको जानकारी दिएको छ । 

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार विज्ञप्ति जारी गर्दै ‘कोभिशिल्ड’ खोप खरीदका सम्बन्धमा आएका समाचारमा कुनै सत्यता नभएको जनाउँदै विश्वको अहिलेको विषय परिस्थिति र ‘कोभिशिल्ड’ उत्पादक भारतको सेरम इन्स्टिच्युट अफ इण्डियाले कम्पनीमा भएको आगलागी र क्षमता विस्तारमा अवरोध भएकाले आपूर्तिमा समस्या भएको जानकारी दिएको बताए । 

उनले क्षमता विस्तार हुनेबित्तिकै नेपालले खरीद गरेको १० लाख मात्रा खोप आउने जानकारी दिए । नेपालले उक्त कम्पनीसंँग २० लाख मात्रा खोप खरीदका लागि सम्झौता गरे पनि १० लाख मात्रा मात्र नेपाल आएको छ । सो खोप प्रतिमात्रा चार डलरका दरले खरीद गरिएको थियो ।

 विज्ञप्तिमा उनले नेपालले हाल ५० लाख मात्रा ‘कोभिशिल्ड’ खोप खरीद गर्ने अवस्था नरहेको समेत जनाएका छन् । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मा भारतपछि नेपालले खोप अभियान सुरु गरेको थियो ।

डा. गौतमका अनुसार नेपालमा अहिलेसम्म २० लाख ९१ हजार ५११ जनाले पहिलो र तीन लाख ६२ हजार एक जनाले पहिलो र दोस्रो मात्राको खोप लगाइसकेका छन् । 


कस्तो लाग्यो ?

यो पनि