बैशाख २३, २०८१, आइतबार
               

सार्वजनिक सवारीमा चढ्न मास्क अनिवार्य

नेपाल फ्ल्यास
बैशाख ०६, २०७८

ADVERTISEMENT

काठमाडौं । अब मास्क नलगाइ सार्वजनिक सवारी साधनमा चढ्न नपाइने भएको छ ।

सोमबार सरकारले मास्क नलगाएकाहरुलाई सार्वजनिक कार्यालय र सवारीमा प्रवेश नदिनू भनी निर्णय गरेसँगै मास्क नलगाई सार्वजनिक सावरी साधनमा चढ्न नपाइने भएको हो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय पास गरेको हो ।

‘नयाँ भेरियन्ट सहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश’मा सार्वजनिक सवारीमा मास्क अनिवार्य गरिएको छ । सिट क्षमता बराबर मात्र यात्रु राख्न पाइने र कुनै यात्रु मास्क नलगाइ आएमा बढीमा १० रुपैयाँ लिएर सवारी चालक/सहचालकले मास्क उपलब्ध गराउनु पर्नेछ। मास्क नलगाउनेलाई भने सार्वजनिक सवारीमा चढ्न नदिनू,’ सो निर्णयमा उल्लेख छ ।

सार्वजनिक कार्यालय, डिपार्टमेन्ट स्टोर तथा सपिङ मलहरुमा पनि मास्क अनिवार्य गरिएको छ । मास्क नलगाउनेलाई कार्यालय र पसलमा प्रवेश नदिन पनि निर्णमा भनिएको छ ।


कस्तो लाग्यो ?

यो पनि