बैशाख २०, २०८१, बिहीबार
               

ब्राजिलले आफ्ना देशका महिलालाई भन्यो : गर्भधारण प्रक्रिया ढिलाइ गर्नूस्

नेपाल फ्ल्यास
बैशाख ०४, २०७८

ADVERTISEMENT

ब्राजिलले आफ्ना देशका महिलालाई गर्भाधान नगर्न  तथान ढिलाई गर्नका अपिल गरेको छ ।कोरोना संक्रमण बढ्दै गएको भन्दै ब्राजिलको स्वास्थ्य मन्त्रालयले सो अपिल गरेको हो ।

‘यदि संभव छ भने सही अवस्था नआउदाँसम्म गर्भधरणमा केही ढिलाइ गर्नुस्,’ स्वास्थ मन्त्रालयले भनेको छ । ब्राजिलमा फैलिएको पि-वान कोरोनाका कारण  गर्भवती महिलामा धेरै असर पर्ने त्याहाँको स्वास्थ्य मन्त्रालयले बताएको छ । 

ब्राजिलमा अहिलेसम्म १ करोड ३७ लाखभन्दा धेरैमा कोरोना संक्रमण भइसकेको छ । त्यस्तै, तीन लाख ६५ हजारभन्दा धेरैले ज्यान गुमाइसकेका छन् । अमेरिकापछि कोरोनाका कारण सर्वाधिक धेरै मृत्यु हुने देशको सूचीमा ब्राजिल दोस्रोमा छ । ब्राजिलमा कोरोनाका कारण बाल मृत्युदर पनि बढेको छ ।


कस्तो लाग्यो ?

यो पनि