बैशाख १४, २०८१, शुक्रबार
               

कर्णालीको उपकुलपतिमा डा. रावल र पोखरामा क्षेत्री नियुक्त

नेपाल फ्ल्यास
चैत २३, २०७७

ADVERTISEMENT

कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. मङ्गल रावल नियुक्त भएका छन् । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले डा. रावललाई उपकुलपति नियुक्त गरेका हुन् । 

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री एवं प्रतिष्ठानका सहकुलपति हृदेश त्रिपाठीको संयोजकत्वमा बनेको सिफारिस समितिले गरेको सिफारिसबमोजिम प्रधानमन्त्री ओलीले डा. रावललाई नियुक्त गरेका छन् ।

सिफारिस समितिले प्रतिष्ठानमा कार्यरत सहप्रध्यापक डा. रावलसँगै प्रा. डा. रेशम राना र सहप्रध्यापक डा. पुजनकुमार रोकायाको नाम सिफारिस गरेको थियो । 

गत फागुन १६ गते प्रतिष्ठानका उपकुलपति प्रा. डा. राजेन्द्रराज वाग्लेको पदावधि सकिएपछि उक्त पद खाली भएको थियो । तत्पश्चात डा. रावलले कार्यवाहक उपकुलपतिको जिम्मेवारी सम्हालिरहेका थिए । आइतबार प्रधानमन्त्री ओलीले हुम्ला निवासी डा. रावललाई प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेपछि कर्णालीवासी भने निकै खुशी भएका छन् । 

त्यसैगरी प्रधानमन्त्री ओलीले आइतबार नै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. डुकबहादुर क्षेत्रीलाई उपकुलपति नियुक्त गरेका छन् । नियुक्त उपकुलपतिहरुको कार्यकाल चार वर्षको हुनेछ । 


कस्तो लाग्यो ?

यो पनि