जेठ ०४, २०८१, शुक्रबार
               

सास गन्हाउँछ ? यी कुरा प्रयोग गर्नुस् !

नेपाल फ्ल्यास
चैत १५, २०७७

ADVERTISEMENT

सास गन्हाउने अहिले आम मानिसको साझा समस्या भएको छ। युवादेखि वृद्धहरुसम्म यो समस्याबाट ग्रसित देखिन्छन्। सास गन्हाउने अनेक कारण छन्। ती कारण पहिल्याएर बानी व्यवहारमा परिवर्तन गर्न सकियो भने यो समस्याबाट छुट्कारा पाउन सकिन्छ । 

सास गनाउनुका पछाडि अनेकौं कारण हुन सक्छन् । खानपिन नमिलेर पनि यसो हुन सक्छ । समयमा ब्रेकफास्ट नगर्दा, नियमित रूपमा मुख सफा नराख्दा, खानेकुरा नपच्दा सास गनाउँछ । तर यहाँ बताइएका केही घरेलु उपचारले यो समस्याबाट मुक्ति दिन्छन् ।

१ ल्वाङ र सूप
ल्वाङ चुस्नुभयो भने पनि सास गनाउन छोड्छ अनि दाँत पनि दुख्दैन । सूप चपाउनुभयो भने पनि मुखको दुर्गन्ध हराउँछ ।

२ कागतीको रस
एक गिलास पानी तताउनुस् र त्यसमा दुई चम्चा कागतीको रस हाल्नुस् । अनि मनतातो भएपछि बिहान बेलुका कुल्ला गर्नुस् । केही दिनमै मुखको दुर्गन्ध हराउँछ ।

३ ग्रीन टी
ग्रीन टी पिउने गर्नुभयो भने सास गनाउन छोड्छ । यसको एन्टीब्याक्टेरियल तत्त्वले दुर्गन्ध नाश गर्छ ।

४ बेस्सरी पानी पिउनुस्
पानी पिउँदा मुख ताजा रहन्छ र दाँतमा अड्केको खानेकुरा पनि पखालिएर जान्छ । यसरी मुख सफा भएर दुर्गन्ध हराउँछ ।

५ हरियो अलैंची
अलैंची चपाउँदा दुर्गन्ध हराउने मात्र होइन मुखको स्वाद पनि बढ्छ अनि भोक लाग्ने समस्या अन्त्य हुन्छ ।


कस्तो लाग्यो ?

यो पनि