जेठ ०४, २०८१, शुक्रबार
               

घुम्ती शिविरमार्फत ८५ जना सञ्चारकर्मी तथा पत्रकारले सेवा लिए

नेपाल फ्ल्यास
चैत ०५, २०७७

ADVERTISEMENT

ताप्लेजुङ । सूचना तथा प्रसारण विभागले हिमाली जिल्ला ताप्लेजुङमा सञ्चालन गरेको घुम्ती शिविर तथा क्षमता अभिवृद्धि कार्यक्रममार्फत ८५ जना सञ्चारकर्मी तथा पत्रकारले सेवा लिएका छन् ।

मङ्गलबारदेखि सदरमुकाम फुङ्लिङमा सञ्चालित शिविरमार्फत ताप्लेजुङ र छिमेकी जिल्ला पाँचथरका समेत सञ्चारकर्मी एवं पत्रकारले सेवा लिएका हुन् । शिविरमा ४० सञ्चारकर्मी तथा पत्रकारले नयाँ प्रेस पास लिएका छन् भने एकको पुरानो प्रेस पास नवीकरण भएको छ । सेवा प्राप्त गर्नेमध्ये ४० जनाले भने क्षमता अभिवृद्धि तथा पुनर्ताजगी तालीम लिएका छन् 

यस्तै तीन वटा नयाँ अनलाइन दर्ता भएको छ भने तीन अनलाइन थप प्रक्रियाका लागि विभागमा पठाइएको छ । उक्त अनलाइन सञ्चारमाध्यमको विभागबाटै दर्ता गरी जिल्ला हुलाक कार्यालयमार्फत दर्ता प्रमाणपत्र प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको छ ।

शिविरमा एक जनाको १० वर्षे पत्रकारितासम्बन्धी अनुभवसमेत प्रमाणीत गरिएको छ । यो कार्यक्रम मुख्यतः हिमाली जिल्ला ताप्लेजुङ र आसपासका जिल्लाका सेवाग्राहीको सहजताका लागि लक्षित रहेको विभागका निर्देशक सुमन बज्राचार्यले जानकारी दिए । घुम्ती शिविर बुधबार सम्पन्न भएको छ भने क्षमता अभिवृद्धि तालीम आज समापन हुने बताइएको छ । 

यसअघि बाग्लुङ र रोल्पा जिल्लामा समेत यस्तै शिविर आयोजना भइसकेको छ । ताप्लेजुङमा सम्पन्न भएको कार्यक्रम यस वर्ष सम्पन्न तेस्रो कार्यक्रम हो । यसपछि लमजुङमा घुम्ती शिविर आयोजना हुने बताइएको छ ।

हिमाली जिल्लामा यसरी सञ्चालित तालीम र घुम्ती शिविरबाट यहाँका पत्रकार एवं सञ्चारमाध्ययमलाई सेवा लिनका लागि सहज भएको भन्दै कार्यक्रम आयोजकप्रति पत्रकार महासंघ ताप्लेजुङ शाखाका कार्यवाहक अध्यक्ष चन्द्र पन्धाक (प्रयास) ले आभार व्यक्त गरे । 


कस्तो लाग्यो ?

यो पनि