जेठ ०८, २०८१, मंगलबार
               

नवनिर्मित प्रसूति केन्द्र हस्तान्तरण

नेपाल फ्ल्यास
चैत ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा र सैनिक श्रीमती संघकी अध्यक्ष दीपा थापाले मकवानपुरको कैलाश गाउँपालिका–८ मा निर्माण गरिएको प्रसूति केन्द्र भवन गाउँपालिकाकालाई हस्तान्तरण गरेका छन् ।

सैनिक श्रीमती संघद्वारा निर्माण गरिएको उक्त भवन बुधबार आयोजित समारोहमा गाउँपालिकाका अध्यक्षलाई हस्तान्तरण गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रसूति केन्द्र स्थापना भएसँगै त्यस क्षेत्रका आमा तथा नवजात शिशुको स्वास्थ्यमा उल्लेख्य सुधार ल्याउने बताउँदै प्रधानसेनापति थापाले संविधानप्रदत्त महिलाको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यसम्बन्धी हकको सम्मान र संरक्षणका लागि सरकारले लिएका पहलमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनले भने, ‘इतिहासका हरेक कालखण्डमा नेपाल र नेपालीको हित र स्वार्थका लागि सेना समर्पित रहँदै आएको छ ।’ यसअघि उक्त नवनिर्मित केन्द्रको प्रधानसेनापति थापाले उद्घाटन गरेका थिए ।

मातृशिशु मृत्युदर अधिक रहेको मकवानपुरको कैलाश गाउँपालिका पहिचान गरी ‘सुरक्षित प्रसूति ‘सुन्दर सृष्टि’ भन्ने नाराका साथ उक्त केन्द्र निर्माण भएको सो अवसरमा जानकारी दिइयो । सो अवसरमा स्थानीय विपन्न घरपरिवारलाई राहतस्वरुप ५०० थान मण्डिसमेत वितरण गरिएको थियो । 


कस्तो लाग्यो ?

यो पनि