जेठ ०९, २०८१, बुधबार
               

टिचिङमा पहिलोपटक ११ महिने शिशुमा कलेजो प्रत्यारोपण

नेपाल फ्ल्यास
चैत ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पताल (टिचिङ) मा ११ महिने शिशुमा कलेजो प्रत्यारोपण गरिएको छ।कलेजो प्रत्यारोपण सर्जन प्राध्यापक डा रमेश सिंह भण्डारी नेतृत्वको टोलीले  प्रत्यारोपण गरेको उक्त अस्पतालले जनाएको छ ।​

टिचिङमा पहिलोपटक कलिलो उमेरका शिशुमा कलेजो प्रत्यारोपण गरिएको हो । डा. भण्डारीको नेतृत्वमा भएको यो पाँचौँ सफल प्रत्यारोपण भएको बताइएको छ ।

प्रत्यारोपण राति १२ बजे सकिएको डाक्टर भण्डारीले बताएका छन् । बालकलाई ३५ वर्षीय बुबाले दिएको कलेजो ११ महिनाको छोरामा प्रत्यारोपण गरिएको डा. भण्डारीले बताए । 

शिशुका आफन्तले विदेशमा प्रत्यारोपणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग अनुरोध गरेको र ओलीकै पहलमा प्रत्यारोपण गरिएको डा. भण्डारीको भनाइ छ । 

यो पनि