जेठ ०९, २०८१, बुधबार
               

स्वास्थ्य शिविरमा ६०० जनाको निःशुल्क उपचार

नेपाल फ्ल्यास
फागुन २४, २०७७

ADVERTISEMENT

कर्णाली । गुराँस गाउँपालिका–८ दैलेख धरम पोखरामा ६०० जनाले स्वास्थ्योपचार सेवा लिएका छन् । कर्णाली प्रदेश प्रहरी श्रीमती संघद्वारा आइतबार आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ६०० स्थानीयवासीले उपचार सेवा लिएका हुन् । 

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार पन्त, श्रीमती संघकी अध्यक्ष अजिता लोहनी पन्त र गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीसहित सहभागी भएको उक्त निःशुल्क शिविरमा ६०१ स्थानीयवासीले निःशुल्क स्वास्थ्य सेवा लिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अर्जुन चन्दले जानकारी दिए । 

६ जना डाक्टर तथा ७ प्यारामेडिक्स गरी १३ जनाको टोलीले उक्त शिविरमा स्त्रीरोग तथा जनरल फिजिसियन र दाँतसम्बन्धी रोगको निःशुल्क उपचार गरेको प्रहरी वरिष्ठ उपरीक्षक चन्दले बताए । उनका अनुसार शिविरमा ४२९ महिला र १७२ ले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका छन् । 


कस्तो लाग्यो ?

यो पनि