जेठ ०८, २०८१, मंगलबार
               

कोभ्याक्स विश्वका २० देशमा दुई करोड मात्रा पठाइयो

नेपाल फ्ल्यास
फागुन २२, २०७७

ADVERTISEMENT

विश्वका २० देशमा कोभ्याक्सको कार्यक्रम अनुसारका खोपहरू पठाइएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ । विश्व स्वास्थ्य संगठनले दिएको जानकारीअनुसार कोभ्याक्स कार्यक्रम अनुसारका करिब दुई करोड मात्रा खोप विश्वका विभिन्न २० देशमा पठाइएको छ ।

विश्व स्वास्थ्य संगठनले नेतृत्व गरेको कार्यक्रमअनुसार यो सहायताको खोप हो । यो कोभ्याक्सको मात्राका खोपहरू विश्व स्वास्थ्य संगठनले अनुदान स्वरुप विश्वका देशहरूलाई उपलब्ध गराउने गरी स्थापना गरेको कार्यक्रम हो ।

यी खोपहरू यसै हप्ताको शुरुआतदेखि खासगरी अफ्रिकाका देशहरूमा पठाइएको हो । यो अनुदानको खोप वितरण गर्ने कार्यक्रम खासमा घानाबाट सुरु भएको थियो । विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस आधनम गेब्रियसले सो कुराको जानकारी दिएका हुन् । उनले आगामी हप्ता पनि यो खोप वितरणको कार्यक्रम रहेको बताए ।

आगामी हप्ता पनि बढी जसो अफ्रिकी देशलाई नै यो खोप दिइने छ र आगामी हप्ता यो कार्यक्रम अन्तर्गतका करिब १ करोड ४० लाख मात्रा खोपहरू अरु विभिन्न ३१ देशलाई उपलब्ध गराइने छ ।   

खोप वितरण अहिले निकै सानो जनसंख्यामा रहेको तर यसलाई पछि बढाइने पनि उनले बताए । विश्व स्वास्थ्य संगठनले विश्वमा खोप खरिद गर्न सक्ने अवस्था नरहेका अथवा खोपमा पहुँच नपुगेका गरिब देशहरूलाई सुरुमा यो खोप अनुदानमार्फत् दिइने गरी वितरणको कार्यक्रम बनाएको बताएको छ ।


कस्तो लाग्यो ?

यो पनि