जेठ ०८, २०८१, मंगलबार
               

दुवै मिर्गौला फेल भएका युवकद्वारा सहयोगको याचना

नेपाल फ्ल्यास
फागुन २१, २०७७

ADVERTISEMENT

जाजरकोट । दुवै मिर्गौला फेल भएपछि जीवनमरणको दोसाँधमा अस्पतालको शय्यामा छट्पटाइरहेका नलगाड नगरपालिका–८ का ३६ वर्षीय नेत्रहादुर बस्नेतले सहयोगको लागि याचना गरिरहेका छन् ।

उपचार गर्दागर्दै सबै सम्पत्ति सकिएको भन्दै उनले आफूलाई सहयोग गरेर बचाइदिन अनुरोध गरेका हुन् । अत्यन्त विपन्न परिवारका उनले अहिले काठमाडौंस्थित केएमसी अस्पतालमामा उपचार गराइरहेका छन् । उनको हप्तामा दुईपटक डायलासिस गर्नुपर्छ ।

गत पुसमा बिरामी परेका उनलाई उपचारको लागि काठमाडौं लगिएको थियो । शिक्षण अस्पताल काठमाडौंले दुवै मिर्गौला फेल भएको पत्ता लगाएको थियो ।

काठमाडौंमै उपचार गराइरहेका उनलाई खर्चले धान्न नसकेपछि अहिले उपचार कार्य रोकिने अवस्थामा पुगेको छ । आफन्तले मिर्गौला दिने तयारी गरे पनि अर्थाभावले मिर्गौला प्रत्यारोपण गर्न नसकिएको उनकी श्रीमती दिलमायाले बताइन् । ‘घरको आर्थिक अवस्था निकै नाजुक छ, छोरा, छोरी साना छन्, घरमा कमाइ गरिदिने कोही छैनन् ।

दैनिक छाक टार्नसमेत मुस्किल परिरहेको परिवारले मिर्गौला प्रत्यारोपण गर्न लाग्ने १०–१२ लाख रुपैयाँ कसरी जुटाउने भन्ने चिन्ताले सताइरहेको छ’, उनले भनिन्, ‘म श्रीमान्लाई बचाउन चाहन्छु, तर हामीसँग पैसा छैन, अहिलेसम्म ऋणसाहु गरेर बचायौँ, प्रत्येक हप्ता दुईपटक डायलासिस गर्ने र दुई महिनामा एकपटक रगत दिनु पर्दछ ।’  


कस्तो लाग्यो ?

यो पनि