जेठ ०८, २०८१, मंगलबार
               

सँगसँगै खान नहुने यी ५ फलफूल, जसको सेवन विषसरह हुन्छ

नेपाल फ्ल्यास
माघ २६, २०७७

ADVERTISEMENT

फलफूलको सेवन स्वास्थ्यका लागि लाभदायक मानिन्छ । फलफूलमा हाम्रो शरीरमा चाहिने पौष्टिक तत्व प्रचुर मात्रामा पाइने हुँदा सधैँ फलफूल खानु धेरै फाइदा छ । तर, कतिपय अवस्थामा भने फलफूलले हाम्रो शरीरलाई फाइदा गर्दैन ।

यदि सही फलफूलको मिश्रण हुन नसकेमा यसको सेवन विषाक्त बन्छ र यसले शरीरमा क्षति पुर्‍याउँछ । के–के हुन् त्यस्ता फलफूल ?

१. दुध र सुन्तला
सुन्तला वा सुन्तलाको जुससँग दूध एवम् दूधजन्य परिकार मिलाएर खानु स्वास्थ्यका लागि हानिकारक हुन्छ । यसले पाचनयन्त्रमा समस्या निम्त्याउँछ ।

२. अम्बा र केरा
अम्बाको सेवन स्वास्थ्यका लागि लाभदायक मानिन्छ । यसका साथै केराको सेवन पनि लाभदायक नै हुन्छ । तर, अम्बा र केराको मिलाएर खाइयो भने यसले टाउको दुख्ने, पेट दुख्नेलगायको समस्या हुनसक्छ ।

३. मेवा र कागती
कतिले स्वादका लागि मेवाको सेवन गर्दा कागतीको रस मिसाएर खाने गर्छन् । तर यसले शरीरमा हानी गर्छ । कागती र मेवाको रस मिसाएर सेवन गर्दा हेमोग्लोबिन सम्बन्धी समस्या समेत आउन सक्छ । विशेषगरी बच्चालाई मेवा र कागती मिलाएर ख्वाउनु हुदैन ।

४. दुध र भूँइकटहर
दुध र भूँइकटर आपसमा मिसाएर खानु हुदैन । एकै पटक यी फल खाएमा यसले पाचनतन्त्रमा समस्या निम्त्याउन सक्छ ।

५. सुन्तला र गाजर
सुन्तला र गाजर अलग अलग खानु स्वास्थ्यका लागि लाभदायक हुन्छ । तर, यी दुईको मिश्रण भने हानिकारक हुन्छ । यसले शरीरमा गम्भीर हानी पुर्‍याउन सक्छ ।


कस्तो लाग्यो ?

यो पनि