जेठ ०८, २०८१, मंगलबार
               

महिला र पुरुषले एक अर्कालाई आकर्षित गर्ने केही टिप्स

नेपाल फ्ल्यास
माघ १३, २०७७

ADVERTISEMENT

काठमाडाैं । महिला र पुरुषबीच एक–अर्काको आनीबानीबारे राम्ररी बुझ्न नसक्दा साना–साना कुराहरुमा पनि झै–झगडा हुने गर्छ । मानिसहरु हेर्दा जतिनै राम्रो भए पनि एउटा न एउटा बानि नराम्रो त जसको पनि हुन्छ त्यो चाहे महिला होस् या पुरुष ।

एउटालाई मन पर्ने बानी अर्कोलाई मन पर्छ भने हुँदैन । त्यसैले एक अर्कालाई आकर्षित गर्नका लागि उसको बानी व्यहोराबारे बुझ्नु जरुरी हुन्छ । एक अर्कालाई आफूतर्फ कसरी आकर्षित गर्ने केही टिप्स यहाँ दिइएको छ ।

रुखो स्वभाव
महिलाहरुको रुखो स्वभाव पुरुषहरुलाई मन नपर्ने बानी हो । पुरुषहरुलाई आफ्नो वरिपरिको मानिसहरुसँग भएको बेलामा रुखो व्यवहार गर्ने महिला कहिले पनि मनपर्दैन । त्यसैले रुखो स्वभाव त्याग्नु राम्रो हुन्छ ।

परिवर्तन हुन दबाव दिनु
कतिपय महिलाहरु आफूले भनेजस्तो गरोस् भन्ने चाहन्छन् । तर आफूलाई राम्रो लाग्छ भन्दैमा त्यही कुरा अरुलाई मन नपर्न सक्छ । पुरुषलाई व्यक्तित्व र रुप–रंगलाई परिवर्तन गर्ने खोज्ने महिला मन नपर्न पनि सक्छ त्येसैले पुरुषसँग नजिक हुन चाहानुहुन्छ भने उसलाई जबरजस्ती बदल्न नखोज्नुस् ।

सन्की स्वभाव
सन्की स्वसभावको मान्छे कसलाई पनि मन पर्दैनन् ।महिलाहरुको सन्की स्वभाव पुरुषहरुलाई मन पर्दैन । त्यस्तो सन्किने बानी छ भने त्यो बानी आजैदेखि सुधार्नुहोस् ।

भद्दा मेकअप
सबैभन्दा पहिला पुरुषहरुको नजर जाने भनेकै अनुहारमा हो । कतिपय महिलाहरु आफूलाई राम्रो देखियोस भनेर एकदमै भद्दा मेकअप गर्छन जुन पुरुषहरुलाई मन पर्दैन । त्यसैले महिलाहरुले भद्दा मेकअप नगर्दा नै पुरुष बढी आकर्षित हुन्छन् ।

लामो नङ
महिलाहरु नङ लामो बनाउन मनपर्छ । तर पुरुषलाई त्यस्तो लामो नङ मन पर्दैन । त्यसैले नङ ठिक मात्र राख्नुहोस् ।

धेरै परफ्युम लगाउनु
परफ्युमको बास्ना सबैलाई मन पर्छ भन्ने छैन । धेरै पर्फ्युम लगाउने महिला पुरुषहरुलाई मन पर्दैन । पुरुषहरुलाई पर्फ्युमको हल्का बास्ना मनपर्ने गर्दछ।

 


कस्तो लाग्यो ?

यो पनि