जेठ ०८, २०८१, मंगलबार
               

कालो मरिच फाइदा : स्वास्थ्यदेखि सौन्दर्यसम्म

नेपाल फ्ल्यास
माघ ११, २०७७

ADVERTISEMENT

हाम्रो दैनिक जीवनमा खाना पकाउँदा हामी धेरै प्रकारका मसालाहरुको प्रयोग गछौं ।खाना पकाउँदा गरिने मसालाको प्रयोगले खानालाई स्वादिष्ट मात्र होइन हाम्रो स्वास्थ्यलाई समेत फाइदा पुर्याउँछ । 

कालो मरिचको प्रयोगले खानाको स्वाद मात्र होइन हाम्रो स्वास्थ्यलाई र सौन्दर्यलाई समेत फाइदा पुर्याउँछ । औषधीय गुणले भरिपूर्ण कालो मरिच, जसको प्रयोगले हाम्रो भान्सामा पाक्ने खानेकुराको स्वाद त बढछ नै साथै हाम्रो स्वास्थ्य र सौन्दर्यलाई समेत राम्रो गर्छ ।

कालो मरिचमा पाउने पिपरिन नाम गरेको तत्वले यसको स्वादलाई खास बनाउँछ । कालो मरिचमा आइरन, पौटैशियम, मैग्नीशियम, जिंक, क्रोमियम र भिटामिन ए र सी  लगायतका अन्य तत्वहरु पाईन्छ । यसको नियमित सेवन गर्नु निकै फाइदाजनक हुन्छ ।

शिघ्र दुखाइबाट मुक्ति

जाडोयाममा अधिक चिसोपनाका कारण शरीरको मांसपेशिहरुमा दुखाइको समस्या हुन जान्छ ।यदि नियमित मनतातो पानीमा १० देखि १२ मरिचको दाना हालेर सेवन गरेमा शिघ्र दुखाइबाट मुक्तिको अनुभव हुन्छ ।

रुघाखोकीमा आराम

कालो मरिचका साथमा सोंठ र पीपलको बराबरी मात्रामा धुलो बनाइ महसङ्ग मिसाएर सेवन गरेमा रुखाखोकीबाट तुरुन्तै लाभ मिल्छ ।

क्यान्सरबाट बचाउ 

एक शोध अनुसार, कालो मरिचको नियमित सेवनले हामीलाई क्यान्सर जस्तो प्राणघातक रोग लाग्नबाट बचाउँछ । यसमा पाइने तत्वहरु विटामीन सी, फ्लैवोनॉयड्स, कारोटेन्स र एंटी –ऑक्सीडेंटले हाम्रो शरीरलाई कैंसरबाट बचाउँछ ।

सौन्दर्यमा फाइदा

उमेरको वृद्धिसंगै अनुहारमा निशान र चाउरीपन आउन थाल्दछ । यस समस्यालाई कम गर्नका लागि यदि कालो मरिचलाई एक चम्चा दहीसङ्ग मिसाएर अनुहारमा लगाउने र मनतातो पानीले सफा गरेमा केहि दिनमा नै अनुहार सफा हुन थाल्छ ।

डण्डीफोरबाट मुक्ति

हप्तामा एकपटक महसङ्ग कालो मरिच मिसाएर अनुहारमा फैसप्याक बनाएर  लगाएमा  डण्डीफोर हट्न जान्छ ।

कपालको चाँया हट्ने

एंटी ब्याक्टेरियल र एंटी फ्लेमेटरीले भरिपूर्ण कालो मरिचको प्रयोगले कपालमा रहेको चाँयाबाट मुक्ति पाउन सकिन्छ । यसका लागि एक कप दहीमा कालो मरिचलाई मिसाइ आधा घंटा लगाएर राख्ने र पानीले मात्र पखाली भोलिपल्ट शैम्पूको प्रयोग  गर्नुपर्छ ।


कस्तो लाग्यो ?

यो पनि