जेठ ०९, २०८१, बुधबार
               

क्षयरोगीको पहिचान गर्न स्वास्थ्यकर्मीको टोली परिचालन

नेपाल फ्ल्यास
माघ १०, २०७७

ADVERTISEMENT

विराटनगर । विराटगरमा क्षयरोग निवारणका लागिका लागि वडा वडामा स्वास्थ्यकर्मी सहितको टोली परिचालन गरिएको छ । क्षयरोगीको संख्या बढेको देखिन थालेपछि विराटनगर महानगरपालिकाले टोली परिचालन गरेको हो ।

विराटनगर महानगरपालिकाका वडा नम्बर ५ र १५ मा सक्रिय बिरामी खोजीका लागि स्वास्थ्यकर्मी सहितको टोली परिचालन गरिएको महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । महानगरपालिकाले विएनएमटी, सिआरएस र नाटाको सहयोगमा आवश्यक प्राविधिक सामाग्री र युएसजी मेशिन सहितको टोली परिचालन गरिएको कार्कीको भनाई छ ।

शुक्रबार महानगरपालिकाले एक कार्यक्रमको आयोजना गरि बढी क्षयरोगीको संख्या भएको वडाबाट यो अभियानको थालनी गरेको हो । कार्यक्रममा विराटनगरका मेयर भीम पराजुलीले ती वडामा भएका स्वास्थ्य केन्द्रहरुलाई रोगीको संख्या पत्ता लगाउने र उपचार गर्न आवश्यक मेशिन हस्तान्तरण गरे ।

मेयर पराजुलीले क्षयरोगीको संख्या देशभर बढ्दै गएको र यसको प्रभाव विराटनगरमा पनि रहेको अनुसन्धानबाट देखिन आएकाले खोज र पहिचान गर्न अभियान थालिएको बताए । विराटनगरमा तीन सयको हाराहारीमा क्षयरोगी रहेको महानगरले जनाएको छ । खोजी तथा पहिचानको अभियानसँगै यो संख्या बढ्ने अनुमान गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि