जेठ ०८, २०८१, मंगलबार
               

तरुल खानुका यस्ता छन् फाइदै फाइदा

नेपाल फ्ल्यास
पुस २८, २०७७

ADVERTISEMENT

माघे सङ्क्रान्ति आउन लागेको छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले हरेक वर्ष माघ १ गतेलाई माघे सङ्क्रान्तिका रुपमा मनाइन्छ ।

पुसमा पाकेर माघमा खाइने घ्यू, चाकु, तिलका परिकार, खिचडी, तरुल आदिको छुट्टै महत्त्व छ ।यस्ता परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा तातो परिकार खाने गरिएको हो।

यी परिकारमध्ये तरुललाई पुस मसान्तका दिन उसिनेर माघ १ गते खाने परम्परा पनि छ । नेपाली उखानै छ, ‘पुसमा पाके माघमा खाके’ अर्थात् पुसमा पकाएर माघमा खाने ।

तरुल खाने तरिका मानिसअनुसार फरक–फरक हुन्छ । कोही स्वादको लागि खान्छन् त कोही पेट भर्नको लागि ।

तरुल खानुका यस्ता छन् फाइदा

– तरुलमा भिटामिन बी सिक्स प्रशस्त मात्रामा पाइन्छ, जसले मुटुसम्बन्धी समस्या हुनबाट जोगाउँछ ।

– यसमा पाइने एन्टीअक्सिडेन्टले क्यान्सर रोगसँग लड्न समेत सहयोग गर्छ । 

– तरुलले जाडो मौसममा शरिरलाई न्यानो राख्छ । 

– रोग प्रतिरक्षात्मक क्षमता बढाउँछ । 

– स्वासप्रश्वास तथा छालासम्बन्धी समस्याको लागि पनि तरुल उपयुक्त छ ।

– प्रशस्त मात्रामा फाइबर पाइने हुँदा पाचन प्रक्रियासम्बन्धि समस्याको लागि राम्रो हुन्छ । 

– तरुलमा  कार्वोहाइड्रेड, भिटामिन, मिनरल्स तथा लवण पर्याप्त मात्रामा पाइन्छ । 

 


कस्तो लाग्यो ?

यो पनि