जेठ ०४, २०८१, शुक्रबार
               

हृदयघातबाट बच्न यस्तो उपाय अपनाउनुहोस्

नेपाल फ्ल्यास
पुस १८, २०७७

ADVERTISEMENT

पछिल्ला केही वर्षहरुमा हृदयघातको समस्या बढिरहेको छ । आजकल धेरै युवापुस्तामा समेत यो समस्या देखिदै छ । गलत खानपान र जीवनशैलीका कारण र शरीरको विभिन्न हिस्साको रक्त वाहिका बन्द हुँदा हृदयघातको खतरा निम्तिन्छ ।

तसर्थ मुटुलाई सधैं स्वस्थ्य राख्नु पर्दछ । आज हामी घरेलु विधीबाट मुटुको समस्याबाट छुटकारा पाउने उपायबारे जानकारी दिदैँछौ ।


मुटुको समस्याबाट बच्न निम्न सामाग्री तयार पार्नुहोस् ।
१. २ लिटर सफा पिउने पानी
२. ४ अर्गानिक कागति
३. ४/५ केस्रा लसुन
४. एक टुक्रा सानो अदुवा

विधि
– कागतीलाई स–साना केही टुक्रामा काट्नुहोस् ।
– लसुन र अदुवाको बोक्रा निकालेर यसलाई टुक्रामा काट्नुहोस् ।
– अब कागति, अदुवा र लसुनलाई राम्ररी पिस्नुहोस् ।
– तयार भएको मिश्रणलाई पानीमा राखेर आगोमा पकाउनुहोस् ।
– जब मिश्रण उम्लिन्छ यसलाई निकालेर सेलाउन दिनुहोस् ।
– अब सेलाएको झोल मिश्रणलाई छानेर बोत्तलमा (फ्रिजमा) राख्नुहोस् ।
– अब यसलाई दैनिक सुत्नु २ घण्टाअघि १ गिलासका दरले पिउनुहोस् ।


कस्तो लाग्यो ?

यो पनि