बैशाख २४, २०८१, सोमबार
               

जाडोमा सुन्तला खानुका फाइदा

एजेन्सी
पुस १६, २०७७

ADVERTISEMENT

काठमाडौं । सुन्तला फल्ने मौसम नै जाडोको समयमा हो । यो मौसममा सुन्तला खानु अत्यावश्यक छ र फाइदा पनि ।

तर कतिपयले भने चिसो लाग्ला भनेर सुन्तला खाँदैनन् । यदि तपाई पनि यस्तै सोच्दै हुनुहुन्छ भने तपाईँका लागि यो सामग्री खुराक बन्नेछ ।

यस्ता छन् जाडोमा सुन्तला खानुका फाइदा


– कोलेस्टरोल घटाउनः सुन्तलामा फाइबर प्रशस्त मात्रामा पाइन्छ । यसले शरीरमा कोलेस्टरोलको मात्रा घटाउँछ ।

– रक्तचाप नियन्त्रण गर्नः सुन्तलामा पाइने फ्लाभोनोइड हेस्पेरिडिन र म्याग्नेसियमले उच्च रक्तचापलाई नियन्त्रण गर्छ ।

– आँखा तेजिलो बनाउनः सुन्तलामा पाइने भिटामिन–ए, क्यारोटेनोइडजस्ता तत्वले आँखालाई तेजिलो बनाउँछन् र रतन्धोजस्तो समस्या देखापर्न दिँदैनन् ।

– क्यान्सरबाट जोगिनः सुन्तलामा साइट्रस लिमोनोइड्स प्रशस्त मात्रामा पाइने भएकाले छाला, फोक्सो, स्तन, पेट र मलाशयमा हुने क्यान्सरबाट जोगाउछ ।

– मुटु बलियो बनाउनः सुन्तलामा पोटासिमय र इलेक्ट्रोलाइट मिनरल हुन्छन् । यिनले मुटुको गतिविधिलाई सुचारु राखी यसलाई स्वस्थ राख्न सहयोग पुर्‍याउँछ ।

– मिर्गौला स्वस्थ राख्नः सुन्तला खाँदा मिर्गौलासम्बन्धी रोग लाग्ने सम्भावना कम हुन जान्छ र पत्थरीको समस्या पनि हुँदैन ।

– कलेजो जोगाउनः सुन्तलामा क्यारोटेनोइड्स नामक तत्व पाइन्छ, जसले कलेजोको क्यान्सर हुनबाट जोगाउँछ ।

– छालाको सुरक्षाः सुन्तलामा बेटा–क्यारोटिन पाइन्छ । यो उत्तम एन्टी अक्सिडेन्ट हो । यसले छालालाई चम्किलो बनाउँछ ।

– भाइरल इन्फेक्सन हटाउँछः सुन्तलामा पोलिफेनोल्सजस्ता तत्व प्रशस्त मात्रामा पाइन्छन् । यी तत्वले रुघाखोकीजस्ता भाइरल इन्फेक्सनबाट जोगाउँछन् ।

– कब्जियत खुलाउनः कब्जियतको समस्या छ भने सुन्तला खाने गर्नुस्, दिसा खलास हुन्छ । यसमा फाइबरको मात्रा उच्च हुन्छ, जसले पाचन प्रक्रियालाई बलियो बनाउँछ ।


कस्तो लाग्यो ?

यो पनि