जेठ ०८, २०८१, मंगलबार
               

पत्नी सितालाई भेट्न अस्पताल पुगे प्रचण्ड

नेपाल फ्ल्यास
पुस १५, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिरामी पत्नी सिता दाहाललाई भेट्न अस्पताल पुगेका छन् ।

बुधबार अचानक स्वास्थ्यमा समस्या आएपछि सितालाई भैंसेपाटीस्थित मेडसिटी अस्पताल भर्ना गरिएको छ ।

'स्वास्थ्यमा थप समस्या भएपछि उपचारका लागि आमालाई अस्पताल लगिएको' उनकी छोरी गंगा दाहालले जानकारी दिएकी थिइन् ।

लामो समयदेखि प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी (पिएसपी) रोगको उपचार गराइरहेकी सितालाई चिकित्सकहरुले आकस्मिक कक्षमा राखेर उपचार गराइरहेका छन् । 

अस्पताल स्रोतका अनुसार उनको स्वास्थ्य अवस्था खतरामुक्त छ ।

यो पनि