जेठ ०६, २०८१, आइतबार
               

बिग्रन लागेका फलफूल, तरकारी, र दूध के गर्ने ?

नेपाल फ्ल्यास
पुस ०४, २०७७

ADVERTISEMENT

हामी नेपालीको बानि छ, सस्तोमा पाए धेरै सामान एकै पटक किन्ने । यो बानी प्राय तरकारी, फलफूलहरुमा लागु हुन्छ । यस्तोमा ती सामाग्री चाँडै कुहिएर जाने गर्दछन् । यस्तो हुनबाट कसरी बचाउने त ?

तरकारी वा फलफूल भण्डारण गरेर खानु वा वासी खानु राम्रो हुदैँन । यी सामाग्री जतिसक्दो ताजा नै खानु राम्रो मानिन्छ । तर किनेर ल्याइसकेका तरकारी फलफूल बिग्रन लागे के गर्ने त ?

गोलभेडा
भान्सामा दिनहुँ प्रयोग गर्ने गोलभेडा भण्डारणमा नै कुहिन थाल्यो भने त्यसलाई फ्याक्नु भन्दा गोलभेडाको सुप बनाएर पिउन सकिन्छ । वा अचाँर पकाएर अझ केहि दिन खानयोग्य बनाउन सकिन्छ ।

तरकारी/फलफूल 
आवश्यक्ता भन्दा बढी खरिद गरीएको तरकारी/फलफूल कुहिने अवस्थामा पुग्यो भने फ्रिजको सबैभन्दा मुनिको भाग अर्थात क्रिस्परमा प्लाष्टिक बन्द गरेर राखे थप केहि दिन भण्डार हुन सक्छ । तर सकेसम्म तरकारी/फलफूललाई ताजा नै सेवन गर्नु राम्रो हुन्छ ।

साग 
यदि भण्डारण गरेको सगसब्जी विग्रने अवस्था आयो भने त्यसलाई पनि फरक विधीबाट प्रयोग गर्न सकिन्छ । जस्तो साग बासी भयो भने त्यसलाई घाममा ओइलाएर बोत्तलमा खदिलो बनाउने । पछि त्यसको अमिलो गन्ध आउन थालेपछि पुन घाममा सुकाएर गुन्द्रक बनाउन सकिन्छ । मुला, गाँजरलाई अचार बनाउन सकिन्छ ।

दूध 
यदि दूध वासी भयो वा खेर जाने भयो भने त्यसलाई दहि जमाउने वा खिर बनाएर खान सकिन्छ । नत्र कागतीको रस राखेर दूध फटाएर पनिर बनाउन सकिन्छ ।


कस्तो लाग्यो ?

यो पनि