जेठ ०६, २०८१, आइतबार
               

विश्वका १ सय उत्कृष्ट नर्सको सूचीमा नेपालका ४ जना

नेपाल फ्ल्यास
पुस ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । विश्वका १०० उत्कृष्ट नर्स तथा मिडवाइफको सूचीमा नेपालका ४ जना परेका छन् ।

नर्स तथा मिडवाइफ अन्तर्राष्ट्रिय वर्ष २०२० का अवसरमा सार्वजनिक भएकाे १ सय जनाकाे सूचीमा नेपालका २ जना नर्स तथा २ जना मिडवाइफ उत्कृष्ट नर्स तथा मिडवाइफको सूचीमा पर्न सफल भएका हुन् ।

विश्व स्वास्थ्य संगठन, यूएनएफपीए, अन्तर्राष्ट्रिय नर्सिङ परिषद् तथा अन्तर्राष्ट्रिय मिडवाइफ संघले  संयुक्त रुपमा १ सय जनालाई सूचीकृत गरेको हाे । जसमा नेपालका मिडवाइफ प्रशंसा बुढा लामा र रुकुमणी त्रिपाठी, नर्स दुर्गा सापकोटा र सुष्मा योञ्जन सूचीकृत भएका हुन् । 

कोरोना महामारीको समयमा मिडवाइफ तथा नर्सहरु अग्रपंक्तिमा खटिएर बिरामीको सेवा गरेबापत सूचीमा सूचिकृत गरिएको वुमन इन ग्लोबल हेल्थ नामक संस्थाले आफ्नो वेबसाइटमा उल्लेख गरेकाे छ । 

 


कस्तो लाग्यो ?

यो पनि