बैशाख २३, २०८१, आइतबार
               

आजदेखि कोरोना जाँचका लागि एन्टिजेन परीक्षण हुने, पिसिआरको तुलनामा धेरै सस्तो पर्ने

नेपाल फ्ल्यास
मंसिर १५, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारले कोरोना जाँचका लागि आजदेखि एन्टिजेन परीक्षण गर्ने भएको छ । काठमाडौं उपत्यकामा आजदेखि हरेक दिन करिब ५ सय जनाको एन्टिजेन विधिबाट कोरोना परिक्षण गरिने राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डेले जानकारी दिए। 

काठमाडौं महानगरपालिकाको वडा नम्बर ४, ७ र ९ मा आजदेखि एन्टिजेन परिक्षण शुरु हुन लागिएको पाण्डेले बताए । उनका अनुसार महानगरपालिकाका जोखिमयुक्त स्थान गौरीघाट, चावहिल, विशालनगर, धुम्बाराही, बत्तीसपुतली र मित्रपार्कमा आज एन्टिजेन परिक्षण हुनेछ । 

पहिले काठमाडौं उपत्यकामा परिक्षण गरिने र त्यसको प्रभावकारिताको अवस्था हेरेर उपत्यका बहिर पनि यो परीक्षण विधि प्रयोग गरिने महाशाखाले जनाएको छ । सातै वटा प्रदेशमा एन्टिजेन परीक्षणका लागि तालिम सुरु भइसकेको पनि डा. पाण्डले जानकारी दिए । 

के हो एन्टिजेन 

एन्टिजेन सामान्य परीक्षणको आधारमा कोरोना संक्रमण भएनभएको थाहा पाइने विधि हो । परीक्षण विधि सजिलो भए पनि यसका लागि पनि नाक र घाँटीबाट स्वाब लिनुपर्छ ।  एन्टिजेन परीक्षणले पनि शरीरमा कोरोना भाइरस रहे–नरहेको पत्ता लगाउने तर भाइरस पत्ता लगाउनका लागि उपकरण चहिँदैन ।

घाँटी र नाकको स्वाब लिएर सानो थर्मोमिटर भन्दा अलि मोटो लाम्चो र्या‍‍पिट एन्टीजेन किटमा एक थोपा राख्दा लाइन आयो भने कोरोनाभाइरस संक्रमित छ वा पोजेटिभ छ भन्ने थाहा हुन्छ ।

पिसिआर परीक्षणका लागि स्वाब संकलन गरेको दिनदेखि ४८ देखि ७२ घण्टामा मात्रै नतिजा थाहा पाउन सकिनेमा एन्टिजेनमा आधारित परीक्षण गर्दा १५ मिनेटमा नै रिर्पोट आउने बताइएको छ । पिसिआरको तुलनामा एन्टिजेनमा आधारित परीक्षण धेरै सस्तो पनि पर्ने विज्ञहरुको भनाइ छ ।


कस्तो लाग्यो ?

यो पनि