जेठ ०५, २०८१, शनिबार
               

रघुजीलाई भेट्न अस्पताल पुगे प्रचण्ड

नेपाल फ्ल्यास
मंसिर १३, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी सदस्य रघुजी पन्तको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् । 

पेटमा समस्या स्थायी कमिटी सदस्य पन्त बुधबार काठमाडौं मोडल अस्पतालमा भर्ना भएका छन् । 

अध्यक्ष प्रचण्ड आज साँझ अस्पतालमा पुगेर नेता पन्तको स्वास्थ्य अवस्थाको जानकारी लिनुभएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । 

नेता पन्तको स्वास्थ्यस्थितिमा सुधार हुँदै आएको र एक सातासम्म अस्पतालमा बस्न चिकित्सकले सुझाव दिएका छन् । 

अध्यक्ष प्रचण्डले नेता पन्तको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि