काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य रघुजी पन्त अस्पताल भर्ना भएका छन् ।
पेटमा समस्या आएपछि उनी आज (शुक्रबार) अस्पताल भर्ना भएका हुन् ।
नेकपा केन्द्रय सदस्य एवं विदेश विभाग उपप्रमुख विष्णु रिजालले सामाजिक सञ्जालमार्फत पन्त अस्पताल भर्ना भएको जानकारी दिएका हुन् ।
पेटसम्बन्धी समस्याका कारण पन्त काठमाडौं मोडल अस्पताल भर्ना भएको रिजालले बताए ।
‘नेकपा स्थायी कमिटी सदस्य रघु पन्त पेटसम्बन्धी समस्याका कारण काठमाडौं मोडल अस्पताल भर्ना हुनुभएको छ । रिजालले फेसबुकमा लेखेका छन्, म रघु दाइको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’