जेठ ०५, २०८१, शनिबार
               

रक्तचाप सन्तुलनमा राख्नका लागि यी कुराहरु अपनाउनुहोस्

नेपाल फ्ल्यास
मंसिर ०४, २०७७

ADVERTISEMENT

रक्तचापको परीक्षण १२०/ ८० एमएमएचजीका आधारमा गरिन्छ । यहाँ १२० अंक सिस्टोलिक रक्तचाप हो र यसलाई सामान्य भाषामा हाई प्रेसर भनिन्छ । अनि तलको रक्तचापलाई डाइस्टोलिक भनिन्छ अर्थात् लो प्रेसर ।

वृद्ध व्यक्तिहरूमा सिस्टोलिक रक्तचाप विशेषगरी बढ्छ र लगभग १६०/८० हुन सक्छ । युवामा १४० सिस्टोलिकभन्दा माथिको रक्तचाप र वृद्धहरूमा १५० भन्दा बढी रक्तचाप भएमा एकदमै ध्यान दिनुपर्ने हुन्छ ।

चिकित्सकहरूका अनुसार, अत्यधिक मात्रामा फास्टफुड खाँदा युवामा उच्च रक्तचापको समस्या निकै बढिरहेको छ । तनावपूर्ण जीवनशैली, अनियमित खानपान, फल र तरकारीको साटो मम जस्ता फास्टफूडको सेवन, चिल्लो र नुनिलो खानेकुरा खाने बानी, निष्क्रिय जीवनशैलीका कारण रक्तचापको समस्या बढिरहेको छ ।

अहिले २० देखि ४० वर्षको उमेरका मानिस उच्च रक्तचापको समस्याबाट पीडित छन् ।

उच्च रक्तचाप आफैंमा एक रोग हो अनि यसले शरीरका अन्य अंगलाई पनि नराम्रो प्रभाव पार्छ । मुटु, कलेजो र मिर्गौलालाई यसले घात गर्छ । आँखालाई पनि यसले हानि गर्छ । उच्च रक्तचापका कारण दिमागका नसाहरू फाट्ने
सम्भावना हुन्छ ।

रक्तचाप सन्तुलनमा राख्नका लागि यी कुराहरु अपनाउनुपर्छ ।

नियमित रूपमा रक्तचापको परीक्षण गर्नुपर्छ । स्वास्थ्यस्थितिमा परिवर्तन आउनेबित्तिकै चिकित्सकको परामर्श लिइहाल्नुपर्छ ।

– लसुन खाएमा रक्तचापको समस्या निदान हुन्छ किनकि यसले रगत जम्नै दिँदैन र कोलेस्ट्रोलाई नियन्त्रण गर्छ । 

– एक ठूलो चम्चामा अमलाको रस र मह बराबर मिसाएर बिहान बेलुका पिउँदा उक्त रक्तचापमा राहत पुग्छ ।

– रक्तचाप बढेको छ भने आधा गिलास तातो पानीमा एक चम्चा मरिचको धूलो हालेर दुई दुई घन्टाको फरकमा पिउने गर्नुस् ।


कस्तो लाग्यो ?

यो पनि