काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमितको उपचार तथा परीक्षण निर्देशिका संशोधन गरेको छ ।
कोरोना उपचारको लागि सूचीकृत सरकारी प्रयोगशाला र सरकारी अस्पतालमा लक्षण देखिएका बिरामीको उपचार तथा परीक्षण निःशुल्क गर्ने गरी निर्देशिका संशोधन भएको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमितले कोरोना बीमा गरेको भए सम्पूर्ण खर्च संक्रमित आफैंले अर्थात् बीमा रकमबाट काटिने जानकारी दिए ।
सक्षम र इच्छुकले परीक्षण र उपचारमा आफैं खर्च गरेर सरकारलाई सहयोग गर्न पनि सरकारले आग्रह गरेको छ ।